त्रिशूली–३ ‘बी’ को सुरुङमा ४२६ मिटरभित्र पुगे उद्धारकर्मी

लोकपथ
0
Shares

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि उद्धारकर्मीहरू सुरुङभित्र ४२६ मिटर भित्रसम्म पुगेका छन् ।

नेपाली सेनाका अनुसार उद्धार टोली सुरुङभित्र ४२६ मिटर भित्रसम्म प्रवेश गरी फसेका व्यक्तिहरूको खोजी गरिरहेको छ ।

बाढीपछि आयोजनाको क्वार्टर र सुरुङमा गरी १२२ जना फसेको प्रहरीको आकलन छ ।

उनीहरूको खोज तथा उद्धारका लागि ८९ जना सैनिक र तीन जना गैरसैनिक उद्धारकर्मी परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उद्धार टोलीले सुरुङभित्रको अवस्थाबारे निरन्तर खोजी गरिरहेको छ । फसेका व्यक्तिसम्म पुग्न आवश्यक उपकरण र थप जनशक्ति परिचालन गर्दै उद्धार प्रयास जारी राखिएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?