काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी तथा पहिरोबाट भएको जनधनको क्षति अकल्पनीय रहेको बताएका छन् ।
रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने क्रममा नुवाकोटको त्रिशूली पुगेका ओलीले बाढी र पहिरोले ठूलो क्षति पुर्याएको बताएका हुन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसपटकको बाढीको बहाव अस्वाभाविक र अत्यन्तै शक्तिशाली रहेको बताए । बाढीका कारण मानिसहरूले भाग्ने समयसमेत नपाएको र ठूलो संख्यामा भौतिक संरचना तथा मानवीय क्षति भएको उनको भनाइ थियो ।
ओलीले उद्धार र तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माण र व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताए । बाटो, पुल तथा अन्य संरचनाको पुनर्निर्माणसँगै प्रभावित नागरिकको आवास, स्वास्थ्य, शिक्षा र रोजगारीका लागि ठोस योजना आवश्यक रहेको उनले बताए ।
बालबालिकाको पढाइ र बिरामीको नियमित औषधोपचारमा असर पर्न नदिन सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले अहिलेको मुख्य आवश्यकता प्रभावित नागरिकलाई राहत र भरोसा दिनु रहेको बताए ।
राहत तथा उद्धारमा खटिएका सरकारी निकायलाई थप सक्रिय बनाउनुपर्नेमा जोड दिँदै ओलीले एमालेको तर्फबाट पनि राहत तथा सहयोगका कार्यक्रमलाई तीव्र बनाउने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया