रसुवा-भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४४ पुग्यो, ४ हजार ८९८ अझै बेपत्ता

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । रसुवा–भोटेकोसी बाढी तथा पहिरोमा परी हालसम्म १ हजार ३४४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेपाल प्रहरीका अनुसार भदौ २० गते बिहान ५ बजेसम्म बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३४४ पुगेको हो ।

प्रहरीका अनुसार मृतकमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष रहेका छन् । यस्तै, ५०१ आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ ।

हालसम्म १ हजार ३० शवको व्यवस्थापन गरिएको छ । प्रहरीले १ हजार २६० मृतकको डीएनए नमुना संकलन गरेको जनाएको छ । यस्तै, मृतकका ९७२ आफन्तको समेत डीएनए नमुना संकलन गरिएको छ ।

बाढी तथा पहिरोपछि अझै ४ हजार ८९८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जानकारीबाढी तथा पहिरोपछि अझै ४ हजार ८९८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?