भोटेकोशी बाढी : कस्तो छ प्रभावित जलविद्युत आयोजनाको अवस्था ? [पूर्णपाठ]

लोकपथ
0
Shares

काठमाडौं । गत भदौ १० गते रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र रसुवामा गरी विभिन्न १२ जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

सञ्चालनमा रहेका ८ र निर्माणधीन गरी १२ वटा जलविद्युत आयोजनामा कार्यरत ९३६ जना सम्पर्कविहीन रहेका छन् ।

माथिल्लो त्रिशूली थ्री–१ बाट शुक्रबार मात्रै २ जनाको जीवितै उद्धार गरिएको छ । उक्त आयोजनामा कुल १ हजार ४ सय ३३ कर्मचारी कार्यरत रहेका छन् । २१६ मेगावाट क्षमताको निर्माणाधिन उक्त आयोजनामा कार्यरत ६ जनाको शव फेला परिसकेको छ भने ८७६ जनाको सकुशल उद्धार गरिएको छ । ५५१ जना अझै सम्पर्कविहीन रहेका छन् ।

यसैगरी १९१ मेगावाटको सञ्चालनमा रहेको हाइड्रोपावरबाट ३ जना आफैँ सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भए । अन्य ४ जना बाढीको दुई दिनपछि भूमिगत डिसेन्डरबाट आफैँ बाहिरि निस्किएपछि उद्धार गरिएको हो ।

अन्य जलविद्युत आयोजनाबाट समेत उद्धारका लागि प्रयास जारी राखिएको छ ।

यस्तो छ पछिल्लो अपडेट :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?