नेपालमा सार्वजनिक हुँदै ‘बीएडब्लु ई–७ प्रो’, यस्ता छन् विशेषताहरु

लोकपथ
42
Shares

काठमाडौं । नेपालका लागि Beijing Auto Works (BAW) का विद्युतीय सवारीसाधनको आधिकारिक आयातकर्ता LRR Motors ले बहुप्रतीक्षित BAW E7 Pro मिनी–इलेक्ट्रिक ह्याचब्याक नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।

आगामी साउनको तेस्रो साता उक्त गाडी नेपालमा सार्वजनिक गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्प्याक्ट डिजाइन, फराकिलो आन्तरिक स्पेस, Rear-Wheel Drive (RWD) प्रणाली, आधुनिक इन्फोटेनमेन्ट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फास्ट चार्जिङ र कम सञ्चालन खर्चजस्ता विशेषतासहित आउने BAW E7 Pro नेपाली बजारमा किफायती विद्युतीय सवारीको नयाँ विकल्प बन्ने अपेक्षा गरिएको छ ।

LRR Motors का प्रबन्ध निर्देशक जीवन जंग शाहीले श्रीलंकामा नम्बर १ बिक्री हुने इलेक्ट्रिक कारका रूपमा स्थापित BAW E7 Pro ले नेपाली ग्राहकको पनि मन जित्ने विश्वास रहेको बताएका छन् । कम्पनीका अनुसार यो गाडी युवा, परिवार, पहिलोपटक EV खरिद गर्ने ग्राहक तथा राइड–सेयरिङ व्यवसायीलाई लक्षित गरी विकास गरिएको हो ।

‘BAW E7 Pro लाई नेपालमा ल्याउनु नेपाली ग्राहकलाई विश्वस्तरीय सवारीसाधन उपलब्ध गराउने हाम्रो प्रतिबद्धताको महत्वपूर्ण कदम हो । श्रीलंकामा नम्बर १ बिक्री हुने इलेक्ट्रिक कारका रूपमा प्राप्त अन्तर्राष्ट्रिय सफलताले यसको क्षमता प्रमाणित गरिसकेको छ । अत्याधुनिक प्रविधि, मजबुत निर्माण गुणस्तर र उत्कृष्ट कार्यक्षमताका कारण E7 Pro ले नेपाली ग्राहकको मन जित्नेमा हामी विश्वस्त छौँ,उनले भनेका छन् ।

BAW E7 Pro को प्रमुख विशेषतामध्ये यसको Rear-Wheel Drive (RWD) प्रविधि पनि एक हो, जुन यस मूल्य वर्गका कम्प्याक्ट विद्युतीय सवारीसाधनमा विरलै पाइने सुविधा हो । RWD प्रणालीले सन्तुलित तौल वितरण, उकालो सडकमा उत्कृष्ट प्रदर्शन, सहज ह्यान्डलिङ, साँघुरा मोडमा राम्रो नियन्त्रण तथा उच्च ड्राइभिङ स्थिरता प्रदान गर्ने भएकाले नेपालका विविध सडक अवस्थाका लागि यो गाडी उपयुक्त विकल्प बन्ने विश्वास रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?