साउन १५ गतेसम्म डिम्याट खाता ‘रिन्यू’ नगरे रोक्का गरिने

लोकपथ
28
Shares

काठमाडौं । आगामी साउन १५ गतेसम्म डिम्याट (हितग्राही) खाताको शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ ।

सिडिएस एण्ड क्लियिरिङ्ग लिमिटेडले सूचना जारी गर्दै साउन १५ गतेसम्म शुल्क नबुझाएमा साउन १६ गतेबाट खाता रोक्का राख्ने भएको हो ।

प्रत्येक आर्थिक वर्षको अन्तिम अर्थात् असार मसान्त भित्र डिम्याट खाता प्रयोग गरे बापत शुल्क बुझाउनुपर्ने व्यवस्था रहेको छ । तर यस अवधिमा शुल्क नबुझाएका ग्राहकहरुलाई १५ गतेसम्मको समय दिइएको हो ।

खाता रोक्का भएसँगै सेवाग्राहीले दोस्रो बजारमा शेयर खरिद बिक्री गर्त तथा डिम्याटसँग सम्बन्धित सेवा लिनबाट बञ्चित हुनेछन् ।

डिम्याट खाताको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँ लाग्ने सिडिएससीले जनाएको छ । पछिल्लो समय शेयर बजारमा लगानी गर्नेहरुको संख्या बढेसँगै डिम्याट खाता प्रयोग गर्नेहरुको संख्या ८० लाख ९ हजार ६ सय २३ पुगेको छ ।

यता ‘मेरो शेयर’ को वार्षिक नवीकरण शुल्क ५० रुपैयाँ तोकिएको छ । मेरो शेयर र डिम्याट गरी कुल १५० रुपैयाँमा दुवै खाता नवीकरण गर्न सकिनेछ ।

लगानीकर्ताहरुले ‘मेरो शेयर’ प्रणालीबाट आईपीओ, एफपीओ, तथा हदप्रद शेयरमा आवेदन दिन सक्नेछन् । साथै दोस्रो बजारमा खरिद–बिक्री भएको शेयर हस्तान्तरण लगायतका सेवा पनि यही प्रणालीबाट सञ्चालन हुँदै आइरहेको छ ।

लगानीकर्ता एवं ग्राहकले डिम्याट खाता नवीकरणका लागि मेरो शेयर अकाउन्ट लग इन गरी त्यहाँ दिएको इन्स्टक्सन अनुुसार ई सेवा, खल्ती, प्रभु पे, आईएमई पे लगायतका वालेटमार्फत् रकम भुक्तानी गरी खाता रिन्यू गर्न सक्नेछन् ।

डिम्याट खाता नवीकरणका लागि लगानीकर्ताहरुले घरबाटै अनलाइनबाट गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?