गत आवमा ठूला करदाता कार्यालयले मात्रै उठायो २ खर्ब ४६ अर्ब बढी राजस्व

लोकपथ
21
Shares

काठमाडौं । गत आर्थिक वर्ष २०८२–०८३ मा ठूला करदाता कार्यालयले २ खर्ब ४६ अर्ब ७९ करोड राजश्व संकलन गरेको छ ।

ठूलो करदाता कार्यालयले उठाएको उक्त राजस्व कुल राजस्वको ३९ दशमलव ८१ प्रतिशत हिस्सा हो ।

त्यसो त अघिल्लो आर्थिक वर्षमा पनि ठूला करदाता कार्यालयले आन्तरिकफर्त ४० प्रतिशत हाराहारी राजस्व उठाउन सफल भएको थियो ।

तथ्यांक अनुसार गत आवमा कार्यालयले आयकर संकलन सबैभन्दा धेरै गरेको छ । उक्त अवधिमा कार्यालयले १ खर्ब ४४ अर्ब ९० करोड आयकर संकलन गरेको हो ।

यस्तै अन्तशुल्क २७ करोड ७७ लाख, मूल्य अभिवृद्धि कर (भ्याट) ६४ अर्ब ३४ करोड, ब्याजकर २० अर्ब ७५ करोड, भाडाबापतको आयकर ४७ करोड, शिक्षा सेवा शुल्क ३ अर्ब ९३ करोड ४८ लाख उठाएको छ । त्यस्तै अन्य शीर्षकतर्फ १२ अर्ब ९ करोड गरी कार्यालयले सो अवधिमा झण्डै साढे २ खर्ब राजस्व उठाएको हो ।

नेपालमा दर्ता भइ काम गर्ने वार्षिक १ अर्ब भन्दा बढी कारोबार गर्ने व्यवसायीक कम्पनी ठूला करदाता कार्यालय अन्तर्गत पर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?