काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ ।
आज शेयर बजारमा २५ दशमलव १६ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । ० दशमलव ८८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक भने २ हजार ८ सय २१ दशमलव १३ अंकमा आएर रोकिएको छ ।
त्यस्तै आज १० अर्ब भन्दा बढीको कारोबार भएको छ । कुल २ करोड ३३ लाख ४३ हजार २ सय १ कित्ता शेयर १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४ सय ७३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कारोबारमा आएकामध्ये ६२ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १७४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
कारोबारमा आएका कम्पनी मध्ये समाज लघुवित्त, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स, माउन्टेन हाइड्रो नेपाल लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । त्यस्तै ग्रीन डेभलवमेन्ट, सप्तकोशी डेभलवमेन्ट बैंक, उपकार लघुवित्त, मनकामना इन्जिनियरिङ लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया