नेविसंघ स्थापना दिवस : शैक्षिक सुधारका लागि १८ बुँदे सुझावसहितको ज्ञापनपत्र

लोकपथ
26
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो ५५ औँ स्थापना दिवसमा स्थानीय तहलाई शैक्षिक सुधारका लागि सुझावसहितको ज्ञापन पत्र बुझाएको छ । ७५३ वटा पालिकामा शैक्षिक सुधारका लागि सुझावसहितको ज्ञापन पत्र बुझाइएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् ।

यसैबीच नेपाल विद्यार्थी संघ दाङले पनि घोराही उपमहानगरपालिका मेयरलाई १८ बुँदे ज्ञापनपत्र बुझाएको छ । नेविसंघका केन्द्रिय प्रतिनिधि आकाश भण्डारीको नेतृत्वमा र दाङ नेविसंघ जिल्ला सदस्य गुरु गौतम, सन्तोष खड्का र विद्यार्थी नेता
गोपाल जिसिको उपस्थितिमा घोराही उपमहानगरपालिका मेयरलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै मेयर नरुलाल चौधरीले यी मागहरु पूरा गर्न आफुले पहल गर्ने प्रतिबद्वता जनाएका छन् । ज्ञापनपत्रमा स्थानीय तहलाई शैक्षिक सुधारका लागि सुझावहरु दिइएको छ ।

यस्तो छ ज्ञापनपत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?