बझाङमा फेरि एमालेका दमनबहादुर भण्डारीले लिए अग्रता

लोकपथ
1.1k
Shares

काठमाडौं । बझाङको प्रदेश सभा उपनिर्वाचनमा जारी मतगणनामा नेकपा एमालेले फेरि अग्रता लिएको छ ।

एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता लिएका हुन् ।

भण्डारीले ९ हजार ८८९ मत पाउँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८८० मतसहित दोस्रो स्थानमा छन् ।

त्यसैगरी माओवादी केन्द्रका जनक बुढा ३ हजार ६६३ मतका साथ तेस्रो स्थानमा छन भने र एकीकृत समाजवादीका दिलबहादुर सिंह दुई हजार ४०५ मतसहीत चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?