एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

लोकपथ
468
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एन्फा उपाध्यक्ष लामालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उपाध्यक्ष लामालाई अदालत पेश गर्ने तयारी भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए। लामालाई अदालतले लागू औषध मुद्दामा दोषी ठहर गरेकाे थियाे । २०६१ साउन ८ गते लामा ५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए । पक्राउ परेपछि जिल्ला अदालतले लामालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसपछि उनी ६ महिना कैद सजाय काटेर जेलबाट निस्केका थिए ।

तर जिल्ला सरकारी वकिल कार्यालयले अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गराएको थियो । उच्च अदालत पाटनले लामाको ६ महिने कैदलाई ५ वर्ष पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?