ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा दुईजना घाइते, एकको अवस्था गम्भीर

लोकपथ
507
Shares

ललितपुर । ललितपुरमा डढेलो निभाउने क्रममा दुईजना घाइते भएका छन् ।

ललितपुरको गोदवारी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा दुईजना घाइते भएका हुन् । घाइते हुनेहरूमा शङ्कर पहरी र रमेश पहरी रहेका छन् ।

उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले लोकपथलाई जानकारी दिए । एसपी सुवेदीका अनुसार शङ्कर प्रहरीको अवस्था गम्भीर छ।

यता ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएपछि डढेलो निभाउन कठिनाई भएको हो । डढेलो फैलिएसँगै आनन्द वनमा सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको एसपी सुवेदीले बताए । त्यहाँका ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको एसपी सुवेदीले बताए ।

अहिले प्रहरी, स्थानीय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?