‘सिधा कुरा’ को सामग्रीसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण तथा शेयर नगर्न सर्वोच्चको आदेश

लोकपथ
208
Shares

काठमाडौं । अदालतले ‘सिधा कुरा डटकम’ को विवादित सामग्रीसँग सम्बन्धित समाचार पुन: प्रकाशन, प्रसारण तथा शेयर नगर्न आदेश जारी गरेको छ । आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतले यस्तो आदेश आदेश जारी गरेको हो ।

अदालतको गरिमा र मर्यादामा आँच पुर्‍याउने तथा न्याय सम्पादनमा अवरोध गर्ने उद्देश्यले दुरासयपूर्ण र नियोजित तरिकाले उत्पादन तथा प्रसारण गरेको देखिएको अदालतको ठहर छ ।

सोमबार सर्वोच्च अदालतले ‘सिधा कुुरा’ अनलाइनले प्रकाशित गरेको समाचार तथा भिडियो २४ घण्टाभित्र ‘डिलिट’ गर्न आदेश दिएसंगै विभिन्न टिका टिप्पणी गरेका छन् । यसैबीच आज सर्वोच्चका रजिष्ट्रार विमल पौडेलको हस्ताक्षरमा एक सूचनामार्फत् उक्त सामग्री पुनस् प्रकाशन नगर्न र कतै शेयर नगर्न नगराउन आदेश भएके हो ।

सर्वोच्चको सिधा कुराको श्रव्यदृष्य सामग्री २४ घण्टाभित्र हटाउन गरेको आदेशले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भन्दै पत्रकार महासंघसहित विभिन्न संघ-संगठनले आपत्ति जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?