कर्णालीका नवनियुक्त ४ मन्त्रीले लिए शपथ, मन्त्रालय चित्त नबुझेपछि विनोदकुमार शाह अनुपस्थीत

लोकपथ
312
Shares

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ लिनेमा भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री दुर्ग रावत रहेका छन् ।

यस्तै राज्यमन्त्री गोमता विकले पनि शपथ लिएकी छन् ।

यता भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा दाबी गरेका विनोदकुमार शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनी शपथ ग्रहण कार्यक्रमा उपस्थीत भएनन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ६ मन्त्री नियुक्त गरी आजै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?