सल्यानमा बस दुर्घटना, १४ जना घाइते

लोकपथ
234
Shares

काठमाडौं । सल्यानमा बस दुर्घटना भएको छ । सल्यानको बागचौर नगरपालिका–२ ठिनबाङ खोला पुलमा यात्रुबहाक बस दुर्घटना भएको हो ।

दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको २०८५ नम्बरको बस सडकभन्दा तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बसमा सवार १४ जना घाइते भएका छन् । हाल प्रहरी घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?