केही सहकारीलाई ठगेर खाने ठाउँ बनाएका छन् : ओली

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही सहकारी ठग्ने ठाउँ बनेको टिप्पणी गरेका छन् । झापा जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गैरसरकारी व्यक्तिहरु प्रवेश गरेर सहकारीकाे पैसा अपचलन गर्दै सहकारीकै बद्नाम गरेको बताएका हुन् ।

‘कतिपय सहकारी ठीकै चलेका छन्, केही मान्छेलाई ठगी खाने ठाउँ बनेको छ । लाखौं मान्छेहरु लुटिएका छन् । अर्बौं लुटेका छन् ।’ ओलीले भनेका छन् ।

उनले सहकारीलाई विकास, आधुनिकता र उत्पादन वृद्धिका लागि प्रभावकारी माध्यम बनाउनुपर्ने बताउदै पार्टीका सबै तहका नेताहरुले अगुवाइ गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?