उपनिर्वाचन : बझाङमा क-कसको भयो जमानत जफत ?(सूचीसहित)

लोकपथ
559
Shares

काठमाडौं । बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन सम्पन्न भएको छ । सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ ।

जमानत जफत हुनेहरूमा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह, राप्रपाका किशोर कुमार खड्का, जसपाका रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का, जनमत पार्टीकी सुशीला देवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगर रहेको जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पराजित गर्दै दमन विजयी भएका हुन् ।

मतगणना सकिँदा एमालेका भण्डारीले ११६१२ मत ल्याएका छन् भने कांग्रेसका सिंह ११३४३ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मतसहित तेस्रो स्थानमा छन् भने नेकपा एसका दिलबहादुर सिंह २५१४ मतसहित चौथो स्थानमा रहेका छन् ।

निर्वाचनमा जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?