ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा घाइते एक जनाको मृत्यु, १५ स्थानीयको सकुशल उद्दार

लोकपथ
702
Shares

ललितपुर । ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका दुईजनामध्ये एक जनाको मृत्यु भएको छ ।

ललितपुरको गोदवारी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका शङ्कर पहरीको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले लोकपथलाई जानकारी दिए ।

घाइते रमेश पहरीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत रहेको एसपी सुवेदीले बताए । साथै डढेलो निभाउने क्रममा जंगलमा फसेका १५ जना स्थानीयको सकुशल उद्दार गरीएको उनले बताए ।

यता ललितपुरको गोदावरी ६ स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएपछि डढेलो निभाउन कठिनाई भएको हो । डढेलो फैलिएसँगै आनन्द वनमा सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको एसपी सुवेदीले बताए । उनका अनुसार ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको छ ।

अहिले प्रहरी, स्थानीय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?