सार्वजनिक सेवा प्रशारण विधेयकमा गोरखापत्र थप्न सुझाव

लोकपथ
0
Shares


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सेवा प्रशारण विधेयक नयाँ तरिकाले अघि बढाउनुपर्ने सुझाव आएको बताएकी छिन् ।

मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सार्वजनिक सेवा प्रशारण विधेयक माथिको छलफलमा उनले सुरुमा नेपाल टेलिभिजन र रेडियो नेपाललाई मात्र मर्ज गर्ने कुरा भएको भएपनि अब गोरखा पत्रलाई पनि समेट्नुपर्ने सुझाव आएको बताएकी हुन् ।

‘विधेयक ल्याउने बेलामा नेपाल टेलिभिजन र रेडियो नेपाललाई मात्रै मर्ज गर्दै नयाँ तरिकाले लैजाने सल्लाह भएको थियो । तर धेरै प्रतिनिधि सभाका सदस्यहरुले गोरखा पत्रलाई पनि यसमा जोडेर लैजाऔं भन्ने विचार राख्नुभएको छ,’ मन्त्री शर्माले भनिन् ।
मन्त्री शर्माले गोरखापत्रलाई पनि सम्बोधन गरेर लैजान समितिमा छलफल चलाउनुपर्ने बताइन । उनले छिटो बाटोबाट विधेयक अघि बढाउनुपर्ने धारणा राखिन ।

२०७६ सालमा आएको विधेयक फिर्ता गर्न सकिने भएपनि एउटा सरकारले ल्याउने अर्को सरकारले फिर्ता पठाउने काम गर्न नहुने भएकाले समिति र संसदबाट छिनोफानो गर्नुपर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?