काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोना महामारी नियन्त्रणमा लाग्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
शनिवार एक भिडियो सन्देश सार्वजनिक गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले अहिलेको अवस्थामा पार्टीभित्रको सबै कुरा छाडेर नागरिकको ज्यान बचाउन तर्फ लाग्न आग्रह गरेका हुन् ।
भिडियो सन्देश सार्वजनिक गर्दै उनले भनेका छन्- ‘प्रधानमन्त्रीज्यू, फेरी एकपटक मौका पाउनु भएको छ। अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन,ध्यान,शक्ति,उर्जा, संयन्त्र सवै महामारीसंग जुध्न लगाउनुहोस। हामी पनि अबको केही समय तपाईंसँगका सवै असहमतिलाई विसाएर जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिनेछौं।’
https://www.facebook.com/thapagk/videos/303158707932721
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया