काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमामा नयाँ गठबन्धनको सरकार गठन गर्न चुकेको तीन दल आज पुनः समिक्षात्मक बैठक बसेका छन् ।
आज दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा भएको छलफलले अहिलेको अवस्थामा सरकारको दाबी गर्नु उचित नभएको निष्कर्ष निकालेको छ ।
देउवा निवास बूढानिलकण्ठमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पुगेका थिए ।
जसपा पूरैको समर्थन नभएकाले अहिलेको अवस्थामा गठबन्धन सरकार दाबी गर्नु उचित नभएको बैठकमा उपस्थित एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार जसपाका सबै सांसद र माधव नेपाल पक्षले मतदान गर्ने पक्का नभएपछि गठबन्धन सरकारको दाबी गर्नु ब्यर्थ रहेको बारेमा चर्चा भएको थियो ।
त्यस्तै गठबन्धन सरकार गठनमा दलहरु चुकेपछि पुनः प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको आगामी चाल हेरेर थप रणनीति लिने समिक्षा बूढानिलकण्ठ बैठकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया