आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)

लोकपथ
104
Shares

१. कोरोनाका कारण नेपालमा बिहिवार एकैदिन २ सय १४ जनाको मृत्यु,८ हजार ९ सय ६० जना नयाँ संक्रमित थपिए ।

२. गठबन्धन सरकार बनाउन राजनीतिक दलहरुलाई सकस, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समयसीमा आज राति ९ बजे सकिदै ।

३. एमाले स्थायी कमिटीद्वारा प्रधानमन्त्री ओलीलाई विषेश अधिकार प्रदान,राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक विषयमा काम कारवाहीको जिम्मा ओलीलाई ।

४. वरिष्ठ नेता माधव नेपालसहितका चार जना नेताको निलम्वन फुकुवा गर्ने एमालेको निर्णय,एकताको भावनालाई ध्यानमा राखेर निलम्बन

५. राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा पार्टीको निर्णय बिपरित लाग्ने सांसदलाई कारवाही गर्ने, पार्टीको ऐतिहासिक प्रतिष्ठामा धक्का लागेको अध्यक्ष चित्रबहादुर केसीको भनाई ।

६. नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता, पार्टीको आन्तरिक कलह र नयाँ सरकार गठनका विषयमा छलफल ।

७.नेपालको कोरोना संकटवारे उपप्रधानमन्त्री पोखरेल र नेपालस्थित अमेरिकी राजदुत बेरीबीच टेलिफोन वार्ता,नेपाललाई सहयोग गर्ने अमेरिकी प्रतिवद्धता ।

८. काठमाडौ महानगरद्वारा कोरोनाका लक्षण देखिएकाहरुको बिहिबारदेखि स्वाव संकलन शुरु, नगरवासीलाई कोरोनाकावारे जनचेतना कार्यक्रम पनि गर्ने ।

९. संघीय संसदका सांसदहरुलाई कोरोना विरुद्धको दोस्रो डोज खोप शुक्रबार लगाइने,खोप कार्ड साथमै लैजान संसद सचिवालयको आग्रह ।

१०. काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्बिएसँगै जनवीवन प्रभावित,निषेधाज्ञा उल्लंघन गर्न खोज्नेलाई प्रहरीको कारवाही ।

११. युरोपेली संघद्वारा नेपाललाई कोरोनासँग लड्न २८ करोड २० लाख रुपैया सहयोग ,सहयोग रकम स्वास्थ्य उपकरण खरीद लगायतमा परिचालन हुने ।

१२. साताको अन्तिम दिन बिहीबार शेयरबजार मापक नेप्से परिसूचक दोहोरो अंकले बृद्धि,७ अर्व १२ करोड ८६ लाख बढीको शेयर कारोबार ।

१३. इजरायल र प्यालेस्टाइनबीचको द्वन्द चर्कियो,हिंसात्मक घटनामा दुवै पक्ष गरेर ७२ जनाको मृत्यु, दुवै पक्षलाई संयमता अपनाउन अन्तराष्ट्रिय समुदायको आग्रह ।

१४. कोरोनाकाबीच नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आजबाट शुरु,प्रशिक्षणमा ३२ जना खेलाडीको सहभागिता ।

१५. इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत आज राति दुइ ठूला टीम म्यानचेष्टर युनाइटेड र लिभरपुल भिड्दै, दुवै टीम एक अर्कालाई हराएर अंक तालिका सुधार गर्ने दाउमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?