इंग्लिश प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड र लिभरपुल भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं ।  इंग्लिश प्रिमियर लिग अन्तर्गत आज रातिको खेलमा म्यानचेष्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धा गर्दै छन्।

म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ‘ओल्ड ट्राफोर्ड’मा नेपाली समय अनुसार राति १:०० बजे यी दुई टोली आमने सामने हुँदै छन्।

इंग्लिश फुटबलका यी दुई ठूला प्रतिद्वन्दी बिचको खेल ‘मे २’ तारीखमै खेलिने कार्यक्रम रहेको थियो। तर युनाइटेडका समर्थकले क्लब मालिक ‘ग्लेजर परिवार’विरुद्ध ठूलो होडबाजी गरेपछि खेल स्थगित भएको थियो।

त्यति बेला खेल स्थगित हुँदा दुवै टोलीको ‘स्टार्टिङ ११’ को नाम समेत सार्वजनिक भइसकेको थियो।

तर यो दुई सातामा धेरै कुरा परिवर्तन भएका छन्। युनाइटेडको यसै हप्ता यो तेस्रो लिग खेल हो। यस अघि युनाइटेडले एस्टन भिल्लामाथि जित निकालेको थियो भने लेस्टरसँग घरेलु मैदानमै पराजय भोगेको थियो। आज रातिको खेलमा युनाइटेड आफ्नो कप्तान ह्यारी मगवायर बिना मैदानमा उत्रने छ।

लिभरपुललाई भने युनाइटेडको चुनौती सजिलो छैन तर पछिल्लो खेलमा साउथह्याम्पटनलाई २-१ ले पराजित गरेको लिभरपुलको आत्मविश्वास बलियो देखिन्छ।

अंक तालिकामा लिभरपुल ३४ खेलमा ५७ अंकका साथ ६औं स्थानमा छ भने युनाइटेड ३५ खेलमा ७० अंकसहित दोस्रो स्थानमा बलियो देखिन्छ।

इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले जितिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?