२०७८,श्रावण,११,सोमवार

ओलीले पठाए ४ नेतालाई कारवाही फुकुवा गरिएको पत्र

२०७८,बैशाख,३०,बिहीवार १६:५५


काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेताहरुलाई गरेको कारवाही फुकुवाको पत्र पठाएका छन् ।

आज बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीले गरेको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो ।

अध्यक्ष ओलीले हस्ताक्षर गरेको पत्रमा २०७६ चैत १६ मा गरिएको प्रतिनिधिसभा सदस्य बाहेक अन्य पदको निलम्बन वैशाख ३० गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार फुकुवा गरिएको उल्लेख छ ।

प्रकाशित मिति: २०७८,बैशाख,३०,बिहीवार १६:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीसहितका प्रस्ताव गरेका छन् । मिश्रले सोमवार ४४ पृष्ठ लामो धारणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । आज निर्वाचन आयोगले बहुमत सदस्यहरुको उपस्थितीपछि

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४