चपली हाइटमा ओली-नेपालबीच भेटघाट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ ।

केहीबेर अघि चपली हाइटमा अध्यक्ष ओली र नेपालबीच भेटघाट भएको बालुवाटार स्रोतले जनाएको छ ।

ओली नेपालबीचको क्याप्टेन रामेश्वर थापाको घरमा भेटघाट भएको हो ।

आजको भेटघाटमा नेपाल पक्षको माग साथै पार्टी सुदृढीकरणका पहलका विषयमा छलफल हुने बताइएको छ ।

आज बिहान बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित ४ नेताहरुको कारवाही फुकुवा गरेको छ । त्यससँगै ओली र नेपालबीच भेटघाट गर्ने वातावरण बनेको हो ।

स्थायी कमिटीले वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारवाही फुकुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?