इजरायलमा अर्को रकेट प्रहार, पूर्ण युद्ध हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

लोकपथ
7.4k
Shares

काठमाडौं । इजरायलको हवाई हमलामा आफ्ना केही वरिष्ठ कमाण्डरहरू मारिएको र गाजामा बहुतले भवन ध्वस्त भएपछि हमास विद्रोहीहरूले इजरायलमाथि दर्जनौँ रकेट प्रहार गरेका छन् ।

दक्षिण इजरायलका कैयौँ ठाउँमा रकेट प्रहार भएको छ । जसका कारण एक बालकको ज्यानसमेत गएको छ।

An Israeli firefighter stands near a burning Israeli police car during clashes between Israeli police and members of the country's Arab minority in the Arab-Jewish town of Lod, Israel May 12, 2021.

पूर्ण युद्धको आशङ्का : 

सङ्घर्ष चर्किएपछि संयुक्त राष्ट्रसङ्घले पूर्ण युद्ध हुनसक्ने चेतावनी दिएको छ। सोमवारदेखि सङ्घर्ष निकै चर्किएपछि राष्ट्रसङ्घले त्यसले अब पूर्ण युद्धको अवस्था निम्त्याउन सक्ने चेतावनी दिएको थियो।

इजरायल-प्यालेस्टाइन तनाव पूर्ण युद्धतर्फ धकेलिन सक्नेु चेतावनी : 

सोमवारयता गाजामा १४ बालबालिकासहित ६५ जनाको ज्यान गइसकेको छ भने इजरायलमा सात जनाको ज्यान गएको छ। हप्तौँदेखि इजरायल-प्यालेस्टाइनबीच पूर्वी जेरुसलेममा चर्किएको तनावपश्चात् लडाइँ शुरु भएको हो ।

मुस्लिम तथा यहुदी दुवैको पवित्र स्थल अल अक्सा मस्जिदमा पछिल्लो तनाव चर्किएको थियो ।

An Israeli man inspects the car of a man who was attacked and injured by a mob in Bat Yam

इजरायलभित्रै हिंसा भड्कियो :

इजरायलमा यहुदी तथा अरब समुदायको मिश्रित बसोबास भएका क्षेत्रहरूमा पनि थप हिंसा भड्किएका छन् ।

ती हिंसाका कारण बुधवार साँझ ३७४ जनालाई पक्राउ गरिएको र आफ्ना ३६ जना अधिकारी घाइते भएको इजरायली प्रहरीले जनाएको छ।

विभिन्न नगरमा यहुदी तथा अरब इजरायलीहरू भिडको हमलामा परेका खबरहरू इजरायली सञ्चारमाध्यमले दिएका छन् ।

इजरायली राष्ट्रपति रूबेन रिभ्लिनले यहुदी तथा अरब इजरायलीहरूलाई अर्थहीन गृहयुद्धमा धकेलिने काम नगर्न अपील गरेका छन्।

अन्य धार्मिक तथा राजनीतिक नेताहरूले गरिरहेको शान्तिको कामनामा उनले आफ्नो बोली थपेका हुन्।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधवार राति बोल्दै शहरहरूमा शान्ति बहाल गर्न सैन्य फौज खटाउने बताए । उनले ती हमलाहरूलाई अराजकताको सङ्ज्ञा दिए ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरजले जारी हिंसाले आफू निकै चिन्तित भएको बताएका छन्। सुरक्षा परिषद्‌ले घटनाबारे छलफल गरे पनि कुनै वक्तव्य दिएको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडनले नेतान्याहुलाई फोन गरेर इजरायलको सुरक्षाप्रति आफ्नो समर्थन रहेको भन्दै दिगो शान्ति पुनर्बहाली हुनपर्नेमा पनि जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?