अब ७६ (२) अनुसार नयाँ सरकार बन्ने सम्भावना छैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनको सम्भावना टरेको बताएको छ ।

सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन नसकेपछि कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अग्रसरता लिएको थियो । तर अन्य दलको साथ नहुँदा नयाँ सरकार गठनको सम्भावना टरेको हो ।

आज सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले अब बहुमतको सरकार गठन सम्भावना नदेखिएको बताए ।

‘७६(२) अनुसार जुन आज दाबी गर्ने समय थियो ९ बजेसम्म । यसभित्र अरु सहयोगी दलहरुको पनि सहयोगको आवश्यक्ता पर्द्थ्यो । जसमा जसपाको एक पक्षले निर्णय गर्ने अवस्था देखिएन । र माधवजीहरुले पनि निर्णय गर्न सक्नुभएन । त्यसो हुनाले सरकार दाबी गर्ने अवस्था अब रहेन ।’ डा. महतले भने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?