गण्डकीका केहि सांसदको कारण पार्टीको एतिहासिक प्रतिष्ठामा धक्का लाग्यो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकीमा पार्टीको नीति र निर्णयको उल्लंघन गर्ने सांसदहरुलाई कारवाही गरिने बताएका छन् ।

बुधवार कांग्रेससहित ४ दलले गठन गर्न लागेको गठबन्धनलाई असहयोग गरेका सांसदहरुलाई कारवाही गरिने बताए ।

अध्यक्ष केसीले भने- ‘त्यस प्रकारको कार्य पार्टीको नीति, निर्णय र अनुशासन विरुद्ध भएकोले त्यसको छानवीन र अनुसन्धान गरी आवश्यक कारवाही अगाडि बढाइने कुराको हामीले सम्पूर्ण जनसमुदायलाई जानकारी गराउन चाहन्छौँ ।’

त्यस्तै उक्त घटनाले पार्टीको एतिहासिक प्रतिष्ठा र छविमा समेत धक्का लागेको बताए ।

उनले भने- ‘गण्डकी प्रदेशमा सरकार परिवर्तन सम्बन्धमा हाम्रो पार्टीका कतिपय सांसदद्वारा नै पार्टीको नीति र निर्णयको उलङ्घन भएको छ । उक्त कार्यले पार्टीको ऐतिहासिक प्रतिष्ठा र छविमा धक्का लाग्न गएको छ । त्यसले सम्पूर्ण पार्टी पङ्ति तथा शुभचिन्तक जनसमुदायलाई स्तब्ध बनाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?