२०७८,श्रावण,११,सोमवार

नेपालमा कोरोना : थपिए ८९ सय बढी संक्रमित, ५ हजार ५५ जना संक्रमणमुक्त

२०७८,बैशाख,३०,बिहीवार १७:५८


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको थियो । जसमध्ये १९ हजार ४ सय ७४ जनाको पीसीआर र ७ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा सो परिमाणमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप २१४ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ४ हजार ४ सय ६६ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका मृतक नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरिएको शव समेत जोडिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ५५ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा थप ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका २ हजार ७ सय ३३ , भक्तपुरका ३ सय ४८ र ललितपुरका ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ रहेको छ ।

यसअघि बुधवार नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १६८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको कुल संख्या १६ करोड ११ लाख ३४ हजार ६ सय २१ पुगेको छ । कोरोनाबाट हालसम्म ३३ लाख ४६ हजार ९ सय १२ जनाको मृत्यु भएको छ । १३ करोड ८९ लाख ५९ हजार २ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल विश्वभर १ करोड ८८ लाख २८ हजार ४ सय ५८ वटा ‘एक्टीभ केस’ छन् । जसमध्ये १ लाख ४ हजार ८ सय ७३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

यो

प्रकाशित मिति: २०७८,बैशाख,३०,बिहीवार १७:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९९९ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा देशभरका विभिन्न

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४