सासंदहरुलाई भोलिदेखि कोभिसिल्ड खोपको दोस्रो डाज लगाइँदै

लोकपथ
1.2k
Shares
काठमाडौं । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संघीय ससंद सचिवालयका कर्मचारी लगायतलाई शुक्रवार (भोलि) देखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको छ ।
संघीय संसद सचिवालयले एक सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाले शुक्रवारदेखि खोप लगाइने जनाएको हो ।
भोलिदेखि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म खोप कार्यक्रम संचालन हुने बताइएको छ।
सभामुख, अध्यक्ष, उपाध्यक्ष लगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सदस्यहरु लगायतलाई भोलिदेखि अन्तर्राट्रिय सम्मेलन केन्द्रमा खोप लगाइने सूचनामा उल्लेख छ।
खोप लगाउन जाँदा कोभिसिल्ड खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा साथमा लैजान सचिवालयले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?