नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

लोकपथ
52
Shares

काठमाडौं । साताको अन्तिम दिन बिहीवार शेयरबजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से १० दशदशमलव २० अंकले बढेर २ हजार ६सय ८४ दशमलव सून्य १ अंकमा पुगेको छ ।

शेयर बजारका सबै सूचक उकालो लागेका छन् । बिहिबार २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता सेयर ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २सय ८० रुपैयाँमा कारोबार भएको छ ।

एक सय ३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट देखिएको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल हाइड्रोपावर, अरुण काबेली, हिमाल दोलखा हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट बैंक अगाडि छन् ।उपसमूहतर्फ ट्रेडिङ, होटल तथा पर्यटन, लगानी र म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङबाहेक अन्यमा हरियाली देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?