मनिषा कोईरालाको पक्षमा उभिए कमल थापा, भारतीय टिप्पणीको विरोध गर्दै यस्तो लेखे

काठमाडौं – बलिउड अभिनेत्री मनिषा कोइरालाले गरेको एक ट्वीटप्रति भारतीय मिडियाहरु खनिएपछि विवादमा तानिएकी कोईरालाको समर्थन गर्दै राप्रपा अध्यक्ष एवम् पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय मिडिया र जनताले गरेको टिप्पणीको विरोध गरेका छन्।

उनले लामो समय बलिउडमा काम गरेका कारण नेपालको विषयमा खुलेर प्रशंसा गरेकाले भारतीय मिडियाहरु उनको विपक्षमा उत्रिएपछि राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री थापाले त्यहाँका मिडियाले ‘पित पत्रकारिता’ Yellow journalism गरेको भन्दै विरोध गरेका हुन् ।

भारतीय संचारमाध्यम एबिपी न्युजको पित पत्रकारिता भन्दै कमल थापाले त्यो भिडियो सेयर गरेका छन् ।

मनिषाका कोईरालाका फ्यानमध्ये भारतीय नागरिकले समेत अभिनेत्री कोईरालाको यो अभिव्यक्तिको कडा विरोध गरेका छन्।

नेपालले नयाँ नक्सा जारी गरेसँगै उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटरमा प्रतिक्रिया जनाउँदै यस्तो लेखेकी थिईन् । “नेपाल सानो भएपनि आत्मसम्मान राख्न सफल भएकोमा खुसी व्यक्त गरेकी थिइन् ।” उनले लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको नयाँ नक्सा सार्वजनिक गरेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बहसहरु हुन थालेका छन् ।
तर भारतीय मिडियाले भने :अभिनेत्री कोईरालाको विवादास्पद भनाई भन्दै भिडियो ब्रेकिङ गरिरहेका छन् । 

Embedded video

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?