कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ ।

निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी १ हजार २२५ मत खसेको छ । त्यस्तै, सुदूरपश्चिम र कर्णालीबाट ९८२, कोशीबाट ९४३, मधेशबाट ९००, लुम्बिनीबाट ८६० र गण्डकीबाट ७२३ मत खसेको छ। निर्वाचन समितिका अनुसार मतदान निर्वाध रूपमा सञ्चालन भइरहेको छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले नयाँ कार्यसमिति चयन गर्न मतदान गरिरहेका छन् । ७ बजेसम्म मतदान हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?