काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ ।
पार्टी सचिव महेश बस्नेतका अनुसार केन्द्रीय कमिटीमा मनोनीत हुनेमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन् ।
बैठकले बाँकी एजेन्डा भने उपयुक्त समयमा अध्यक्षले बैठक बोलाएर टुंग्याउने निर्णय गरेको छ । पार्टी सचिव बस्नेतले बैठकका बाँकी विषय अध्यक्षले अर्को बैठक बोलाएर टुंगो लगाउने जानकारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया