एमाले स्थायी कमिटी बैठक तेस्रो दिन पनि जारी, ओलीको प्रस्तावमा आज सहमति जुट्ला ?

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको पहिलो बैठक शनिबार पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । बिहीबारदेखि सुरु भएको बैठक आज तेस्रो दिन पनि जारी रहेको हो ।

शुक्रबारको बैठकमा विभिन्न पार्टी कमिटी र सङ्गठनलाई पूर्णता दिने विषयमा छलफल भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।

एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य मनोनयन गर्न तथा विभिन्न विभाग र पार्टी कमिटीलाई पूर्णता दिन बाँकी छ ।

शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीलगायतमा मनोनयन गर्ने सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । तर, प्रस्तावित नामप्रति केही नेताले असन्तुष्टि जनाएपछि सहमति जुट्न सकेन ।

नाममा सहमति हुन नसकेपछि थप छलफल गरेर निर्णयमा पुग्ने भन्दै बैठक स्थगित गरिएको एक स्थायी कमिटी सदस्यले बताए ।

अध्यक्ष ओलीले प्रस्ताव गरेका नाममा सहमति जुटाउन शनिबार पुनः बैठक बसेको छ । बैठकले पार्टीका विभिन्न कमिटीलाई पूर्णता दिने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?