सशस्त्रका एआईजी वंशीराज दाहाल बर्खास्त

लोकपथ
0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्त भएका छन् ।

दाहाललाई आफ्नो आचरण विपरितको काम गरेको भन्दै कारबाहीस्वरुप सेवाबाट हटाइएको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

दाहालले आचरणसम्बन्धी नियम बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरेको गृहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सूचना चुहावटको आरोपमा दाहाल असोज १९ गते निलम्बनमा परेका थिए । गृह मन्त्रालयस्रोतका अनुसार सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेलले गरेको छानबिनपछि दाहाललाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरिएको थियो ।

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

चोलेन्द्र प्रकरणमा ‘चेन अफ कमान्ड’ तोडेको भन्दै सशस्त्रका एआईजी दाहाललाई स्पष्टीकरण सोधियो, बर्खास्त हुनेसम्मको चर्चा

सशस्त्रमा एआईजी वंशीराज दाहाल निलम्बित

सशस्त्रका एआईजी दाहालको म्याद थपका लागि मुख्यालयद्वारा गृह मन्त्रालयमा पत्राचार

एआईजीको पदावधि तीन वर्ष राखिएकोमा सशस्त्रमा चर्काे असन्तुष्टि, एआईजी दाहालमाथि चलखेल गरेको आरोप

सशस्त्रका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?