काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै भट्टराईले थापा र शर्मा आशा, भरोसा र विश्वासको जगमा नेतृत्वमा आएको बताएका छन् । उनले जनताले उनीहरूमाथि गरेको अपेक्षा र विश्वासलाई कायम राख्न आग्रह गरेका छन् ।
भट्टराईले लोकतन्त्र र संविधानको रक्षा, विकास तथा कार्यान्वयनका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् । स्वस्थ राजनीतिक प्रतिस्पर्धा र सम्मानित राजनीतिक संस्कृतिको विकासमा समेत सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।
उनले व्यक्ति र स्वार्थ केन्द्रित दूषित सत्ता गठबन्धनको ‘म्युजिकल चियर’ बाट मुलुकलाई मुक्त गर्न साझा प्रयास आवश्यक रहेको उल्लेख गरेका छन् ।
‘लोकतन्त्र र संविधानको रक्षा, विकास र कार्यान्वयनमा सहकार्य अनि स्वस्थ राजनीतिक प्रतिस्पर्धाको सुखद र फराकिलो राजमार्गमा हाम्रो भेट हुनेछ,’ भट्टराईले फेसबुकमा लेखेका छन् ।
उनले देशलाई स्वार्थ केन्द्रित राजनीतिक अभ्यासबाट मुक्त गर्दै मर्यादित र सम्मानित राजनीतिक संस्कृतिको निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया