विश्वप्रकाश शर्माले दिए गगन थापालाई बधाई, भने– ‘बलियो कमान्डका लागि शुभकामना’

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्माले पार्टी सभापतिमा विजयी भएका गगन थापालाई बधाई तथा शुभकामना दिएका छन् ।

शर्माले सामाजिक सञ्जालमार्फत थापालाई शुभकामना दिँदै यो यात्रा सुरुवात मात्र भएको बताएका छन् । देशलाई सही गन्तव्यमा पुर्‍याउन अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।

उनले चुनौतीहरूको संयमतापूर्वक सामना गर्दै फरक विचार र भावना भएका मानिसलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । विगतका राम्रा कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गर्नुपर्ने र इतिहासप्रति इमानदार रहनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

शर्माले गगन थापाको नेतृत्वमा देशको समुन्नतिका लागि काम गर्नुपर्ने बताउँदै आफू उनको साथमा रहेको स्पष्ट पारेका छन् ।

‘हामीले सक्नुपर्छ र सक्नेछौँ । अपार विश्वास र दृढ साथका साथ उभिएको छु साथमा, लामबद्ध छौँ साथमा। लु ब्रदर–बलियो कमान्डका लागि शुभकामना!’ शर्माले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?