कोरोनाको महामारी : विश्वमा आज मात्रै २२ सय बढीको मृत्यु, के छ विश्वको अवस्था ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ६० हजार २६२ जनाको मृत्यु भईसकेको छ भने ३७ लाख ६२ हजार ३०२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १२ लाख ६८ हजार ११३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४८ हजार ९६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७२ हजार ७१६जनाको मृत्यु भईसकेको छ भने १२ लाख ४१ हजार ४३० जनालाई संक्रमण भएको छ ।

त्यस्तै आज मात्रै त्यहाँ ४४५ जनाको मृत्यु भएको छ भने आजै ३ हजार ७९७ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १६ हजार १७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा आज २४४ जनाको मृत्यु भएको छ भने आजै स्पेनमा ३ हजार १२१ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै स्पेनमा कोरोना भाइरसको महामारीका कारण स्पेनमा २५ हजार ८५७ जनाको मृत्यु भएको छ भने २ लाख ५३ हजार ६८२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै त्यहाँ २ हजार ७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीको कारण अहिलेसम्म २९ हजार ६८४ जनाको मृत्यु भईसकेको छ भने २ लाख १४ हजार ४५७ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ आज मात्रै ३६९ जनाको मृत्यु भएको छ भने १ हजार ४४४ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हजार ३३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा २९ हजार ४२७ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार ९९० जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २५ हजार ५३१ जनाको मृत्यु भएको छ भने १ लाख ७० हजार ५५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार ४३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै जर्मनीमा कोरोना भाइरसको कारण अहिलेसम्म ६ हजार ९९३ जनाको मृत्यु भएको छ भने १ लाख ६७ हजार ३७२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ३६५ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै त्यहाँ १ हजार ९३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा आज मात्रै ८६ जनाको मृत्यु भएको छ भने १० हजार ५५९ जना नयाँ संक्रमित आजै थपिएका छन् । त्यहाँ अहिलेसम्म १ हजार ५३७ जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९२९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५२० जनाको मृत्यु भएको छ भने १ लाख २९ हजार ४९१ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ३३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ९६६ जनाको मृत्यु भएको छ भने १ लाख १६ हजार २९९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ हजार ५८४ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ४५ जनाको मृत्यु भएको छ । त्यहाँ ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा आज मात्रै ७८ जनाको मृत्यु भएको छ भने आजै त्यहाँ १ हजार ६८० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै अहिलेसम्म ईरानमा ६हजार ४१८ जनाको मृत्यु भईसकेको छ भने १ लाख १ हजार ६५० जनालाई संक्रमण भएको छ ।

त्यस्तै छिमेकी देश चीनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ भने ८२ हजार ८८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज थप २ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै क्यानडामा कोरोनाको महामारीबाट अहिलेसम्म ४ हजार ४३ जनाको मृत्यु भएको छ भने ६२ हजार ४६जनालाई संक्रमण भएको छ । त्यस्तै पेरुमा १ हजार ४४४ जनाको मृत्यु भईसकेको छ भने ५१ हजार १८९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेल्जियममा आज मात्रै ३२३ जनाको मृत्यु भएको छ भने २७२ जा नयाँ संक्रमित थपिएका छन् । योसँगै बेल्जियममा ८ हजार ३३९ जनाको मृत्यु भएको छ भने ५० हजार ७८१ जनालाई संक्रमण भएको छ । त्यहाँ ६४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा आज थप ११ जनाको मृत्यु भएको छ भने आजै ४५२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ अहिलेसम्म १ हजार ७०४ जनाको मृत्यु भएको छ भने ४९ हजार ८५२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ५ हजार २०४ जनाको मृत्यु भएको छ भने ४१ हजार ३१९ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ३६ जनाको मृत्यु भएको छ भने आजै त्यहाँ २३२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इक्वेडरमा अहिलेसम्म १ हजार ५६९ जनाको मृत्यु भएको छ भने ३१ हजार ८८१ जनालाई संक्रमण भएको छ । त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म १ हजार ७९५ जनाको मृत्यु भएको छ भने ३० हजार ६० जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ५१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ८९ जनाको मृत्यु भएको छ भने २६ हजार १८२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १५ जनाको मृत्यु भएको छ भने आजै ४८० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै मेक्सिकोमा आज मात्रै २३६ जनाको मृत्यु भएको छ भने आजै १ हजार १२० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै त्यहाँ अहिलेसम्म २ हजार ५०७ जनाको मृत्यु भईसकेको छ भने २६हजार २५ जनालाई संक्रमण भएको छ । त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ९४१ जनाको मृत्यु भएको छ भने २३ हजार ९१८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ८७ जनाको मृत्यु भएको छ भने आजै ७०२ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै यो समाचार तयार पार्दासम्म विश्वमा आज २ हजार २३५ जनाको मृत्यु भईसकेको छ भने ३७ हजार ७८४ जना नयाँ संक्रमित आजै थपिएका छन् ।

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

 कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?