दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु

काठमाडौं । फाइजर र जर्मनीको औषधि  कम्पनी बायोएनटेकले ४ मेमा आफूले बनाएको कोरोना भाइरसविरुद्धको औषधिलाई मानिसमा परिक्षण गरेको घोषणा गरेको छ । यदि यो परिक्षण सफल भयो भने, भ्याक्सीन सेप्टेम्वरको शुरुवातमा आपत्कालीन उपयोगका लागि निर्माण हुन सक्नेछन् ।

दुबै फर्मले संयुक्तरुपमा एउटा त्यस्तो भ्याक्सीन बनाईरहेका छन्, जसले कोशिकाहरुमा प्रोटिन बनाउनका लागि निर्देश दिन्छन् अर्थात् सहयोग पुर्याउँछन् । यस भ्याक्सीनबाट जेनेटिक म्याटेरियल आरएनएलाई इन्जेक्ट गरिन्छ, जसले शरीरमा प्रोटिन बनाउन सहयोग पुर्याउँदछ । त्यसको सहयोगबाटै शरीरमा इम्युन गर्न सकिन्छ ।

भाइरसले विशेष गरेर फोक्सोको कोशिकाहरुमा आफ्नो प्रकोप फैलाउनको लागि स्पाइक प्रोटिन बनाउँदछ । टीकाले संक्रमणबाट लड्नको लागि एन्टीबडीको उत्पादन गर्नको लागि एक स्वस्थ प्रतिरक्षा प्रणालीलाई निर्माण गर्दछ ।

एकतर्फ कोरोना भाइरसको संक्रमण विश्वमा फैलिदै गईरहेको छ । सथै अर्काे तर्फ त्यसको उपचारलाई लिएर वैज्ञानिक र शोधकर्ताहरु दिनरात खटिइरहेका छन् ।

कोरोना भाइरसको उपचारका लागि संसारका ठूला औषधि निर्माता कम्पनी भ्याक्सीन बनाउने खोजमा लागि परेका छन् । कोरोनाको उपचार गर्ने औषधि बनाउने कम्पनीले अर्बाैं डलर कमाउन सक्छन् भने अर्काे तर्फ कोरोना भाइरसबाट संक्रमित भएका लाखौँ मानिसहरु यस संक्रमणबाट बच्न सक्छन् ।

त्यसैले संसारका ठूला फार्मास्युटिकल कम्पनीहरु कोरोना भाइरसविरद्धको औषधि बनाउन लागि परेका छन् ।

यसैबीच कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ५९ हजार ५८३ जनाको मृत्यु भईसकेको छ भने ३७ लाख ५९ हजार ४ जनालाई संक्रमण भएको छ ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म ९९ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने २२ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

नेपालमा कोरोना अपडेट: ९९ पुगे संक्रमित, जम्मा १४ हजार ९६ वटा पिसिआर परीक्षण (विवरणसहित)

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

हृदयघातको हल्ला पछि बोले पूर्वयुवराज पारस :  के हर्टअट्याक हुने मान्छे हो म ? 

कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?