डरायो साउदी अरब : भन्यो, हाम्रो देशमा दुई लाख भन्दा धेरै संक्रमित बन्न सक्छन्

काठमाडौं । साउदी अरब कोरोना कोरोनाको महामारीबाट अत्याधिक डराएको छ । साउदी अरबका स्वस्थ्य मन्त्रीले कोरोनाबाट देशमा लगभग २ लाख संक्रमित बन्न सक्ने आशंका जारी गरेका छन् ।

उनले आफ्ना देशका नागरिकहरुलाई कोरोनाबाट बच्ने नियम र लकडाउनको पूर्ण पालना गर्न सुझाएका छन् । ३ करोड भन्दा धेरै जनसंख्या भएको साउदी अरबमा अहिले सम्म भाइरसका कारण ४४ जनाले ज्यान गुमाएका छन् भने ३ हजार २ सय ८७  जनामा संक्रमण फेला परेको छ ।६६६ जना निको भएर घर फर्केका छन् ।

गल्फ कोअप्रेशन काउन्सिल ६ देशहरुमध्ये यो नै सबैभन्दा धेरै मृतकको आँकडा हो ।

साउदी अरबले आफ्ना सबै उडान, व्यवसायिक गतिविधि र सबै ठूला शहरमा कर्फ्यू लगाएको छ ।

स्वास्थ्य मन्त्री तौफीक अल रबियाले भने, ‘आज हामी एक निर्णायक मोडमा छौँ, हाम्रो जिम्मेवारी समाजलाई सुरक्षित राख्नु हो, हामीले यो भाइरसबाट बच्न सबै प्रयास गर्नुपर्दछ ।’

तौफीकले थपे, ‘हामीले गरेको ४ स्टडीमा साउदी अरबमा कोरोना भाइरसको कारण केहि हप्तामा १ लाख देखि लिएर २ लाख सम्म मानिसहरु कोरोना संक्रमित हुन सक्छन्, त्यसैले सबैले आफ्नो सुरक्षाको ख्याल गरौँ ।’

उनले अझै पनि मानिसहरुले भाइरसलाई बुझ्न नसकेको बताउँदै ५० प्रतिशतले सरकारको नियम नमानेको बताएका छन् ।

‘अहिले साउदी अरबमा जस्तो स्थिति छ, त्यो अनुसार हाम्रो सरकार कोरोना भाइरससँग लड्न र भाइरसलाई हराउन ४ महिनादेखि १ वर्षसम्म लाग्न सक्दछ, यो एउटा मुश्किल क्षण हो’ स्वास्थ्य मन्त्रीले भने ।

तौफीकले साउदी अरबका किंग सलमानले स्वास्थ्य मन्त्रालयलाई १.८६ बिलियन डलर कोरोना भाइरससँग लड्नका लागि दिएको बताएका छन् । साथै उनले सरकारले वर्षको अन्तिमसम्ममा ३२ बिलियन डलर दिने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?