निर्भया काण्ड : सकियो सबै कानूनी विकल्प, आज फाँसीको अन्तिम मिति तोकिँदै

काठमाडौं । कानूनी विकल्प भन्दै दुई महिना यता बिभन्न माध्यमहरुद्वारा निर्भया केसका ४ दोषीहरुको फाँसी सजायका सबै कानूनी विकल्पहरु सकिएका छन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले वुधवार निर्भया काण्डका चार दोषीहरुमध्ये पवन गुप्ताको दया याचिका खारेज गरेका छन् ।

त्यसपछि दिल्ली सरकारले नयाँ डेथ वारेन्ट जारी गर्नको लागि पटियाला हाउस कोर्टसँग अपिल गरेको छ । एडिशनल सेशन जज धर्मेन्द्र राणाले चार दोषीहरुको नोटिस जारी गर्दै विहीवार फैसला सुनाउने बताएका छन् ।

निर्भयाका पिताले यस पटक ४ दोषीहरुको फाँसी निशिचत हुने आश गरेको बताएका छन् । कोर्टले सम्भवतः आज अन्तिम डेथ वारेन्ट जारी गर्नेछ ।

निर्भयाका पिताले दोषीहरुको फाँसी यस पटक नरोकिने आश गरेको बताएका छन् । निर्भयाका दोषी पवन गुप्ताले राष्ट्रपति समक्ष गरेका दया याचिका खारेज भएसँगै अन्तिम कानूनी विकल्प सकिएको हो ।

पवनले उमेर कैदका बारेमा दया याचिका पठाएका थिए ।

एजेन्सीको सहयोगमा

यो भन्दा अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ?

निर्भया काण्ड : अहिले सम्म के-के भयो र के थियो वास्तविकता ?

निर्भया बलात्कारीलाई फाँसी अपडेटः १५ दिन सर्याे

 निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने

निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीलाई छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्‍यो

निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने

के भोलि निर्भयाका ४ दोषीहरुलाई फाँसी हुँदैछ ?

निर्भयाका दोषीको फाँसी स्थगित, अदालतको सिस्टममा आमा आशादेवीले पोखिन् आक्रोश !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?