काठमाडौं । भारतको सुप्रिम कोर्टले सोमवार निर्भया काण्डका दोषी पवनले गरेको याचिका क्युरेटिव पिटीशन खारेज गरिदिएको छ । साथै अदालतले फाँसीको सजाय दिन रोक लगाउने याचिका पनि खारेज गरेको हो ।
पवन गुप्ता सहित निर्भया काण्डका अन्य ३ दोषीलाई ३ मार्चका लागि पटियाला हाउस कोर्टले ‘डेथ वारेन्ट’ जारी गरेको थियो । चारै जना दोषीहरुलाई विहान ६ बजे फाँसीको सजाय हुनेछ ।
पवनले अपराध गरेको बेला आफू नाबालक भएको भन्दै फाँसी उमेरकैदमा बदल्न अनुरोध गरेका थिए । तर अदालतले उनको अनुरोधलाई अस्वीकार गर्दै भोलि विहान ६ बजे फाँसी दिने निर्णय सुनाएको हो । उनीहरुलाई ३ मार्चमा फाँसी दिने निर्णय अदालतले यो भन्दा अगाडि नै सुनाईसकेको थियो ।
१६ डिसेम्बर सन् २०१२ मा दिक्षिण दिल्लीस्थित बसमा एक छात्रालाई सामूहिक बलात्कार भएको थियो । बलात्कार पछि छात्रालाई बसबाट फालिदिएका थिए ।
बसबाट फालिएकी छात्रालाई सिंगापूर स्थित एलिजावेथ अस्पताल लगिएको थियो । पछि उनको उपचारका क्रममा मृत्यु भएको थियो । त्यतिबेला ६ जनालाई गिरफ्तार गरिएको थियो ।
जसमा एक नाबालिक थिए, उनलाई तीन वर्षका लागि सुधार गृह पठाईएको थियो । साथै एक आरोपि राम सिंहले जेलमै आत्महत्या गरेका थिए । अन्य ४ अरोपि मुकेश, अक्षय, विनय र पवनलाई फाँसीको सजाय सुनाइएको थियो ।
यो भन्दा अगाडि मृतक छात्रा निर्भयाकी आमा आशादेवीले एक बयानका क्रममा अब डेथ वारेन्ट खारेज नगरी दोषीहरुलाई फाँसी दिन अनुरोध गरेकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो अगाडि लोकपथबाट प्रकाशित निर्भया काण्ड सम्बिन्धित समाचार
निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने
निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो
निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीलाई छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत
निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्यो
निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया