‘जीबी राईलाई कहिले नेपाल ल्याउने ?’ भन्ने प्रश्नबारे के भन्छिन् मन्त्री रावल ?

लोकपथ
0
Shares
????????, ?? ????? ???? ????????, ??????, ?????? ?????? ??? ??????? ?????????????? ??????? ???? ?????? ????? ???????????? ?????? ‘?????? (????? ??????) ??????, ????’ ??? ???????? ???? ?????? ?????? ???????? ??? ?????? (????? ??????) ??????, ????’ ???????? ?????????? ? ??????? ???? ???????÷????

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरी वचतकर्ताको रकम फिर्ता गर्न सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएकी छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक’ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

मन्त्री रावलले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई प्राथमिकतामा राख्दै ऋणीहरूबाट ऋण असुली गर्ने कार्यलाई थप कडा बनाइएको जानकारी दिइन् ।

बचत फिर्तामा देखिएका नीतिगत तथा कानूनी अड्चनहरूलाई सरकारले सम्बोधन गरिसकेको उल्लेख गर्दै उनले ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन सरकार लागिपरेको बताइन् ।

उनले कुनै एक व्यक्ति विशेषलाई मात्र नभई सहकारी ठगीमा संलग्न भई फरार रहेका सबै पात्रहरूलाई खोजी गरी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारिन् ।

उनले भनिन्, ‘जस्तो हामी अहिले बचत फिर्ताको कुरा गरिरहेका छौँ । बचत फिर्ताका लागि के गर्‍यौँ, बचत फिर्ता कसरी सम्भव भयो भन्ने सन्दर्भमा भन्नुपर्दा, अहिले हामीले ऋणीहरूलाई अझ कडाइका साथ ऋण असुलीको दायरामा ल्याउने काम गरिरहेका छौँ । त्यसका लागि केही गाँठाहरू फुकाउनुपर्ने थियो, ती गाँठाहरू हामीले फुकाएका छौँ । त्यसैगरी, यहाँ एकजना फरार प्रतिवादी (जीबी राई) को नाम पनि उल्लेख गर्दै उहाँलाई किन नल्याइएको भन्ने विषय उठाइयो । त्यस विषयमा जवाफदेहिताको सन्दर्भमा, यो मेरो प्रत्यक्ष जिम्मेवारीको विषय हो वा होइन भन्नेभन्दा पनि सहकारीसँग सम्बन्धित विषय भएकाले म यहाँ स्पष्ट पार्न चाहन्छु कि यस सरकारले सहकारीसम्बन्धी समस्या समाधान गर्न, बचतकर्ताको बचत फिर्ता गराउन, जसलाई ल्याउनुपर्छ, जे–जे काम गर्नुपर्छ र जे–जे नीतिगत सुधार गर्नुपर्छ, ती सबै काम गर्छ । तपाईंले एउटा पात्रको मात्र नाम लिनुभयो, तर त्यो मात्रै पात्र होइन । यस प्रकरणमा संलग्न यस्ता धेरै व्यक्तिहरू छन्, जो हाल फरार रहेका कारण कानूनी कारबाहीको दायराभन्दा बाहिर छन् । त्यसैले तपाईंहरू ढुक्क हुनुस्, सहकारीको समस्या यो सरकारको प्राथमिकतामा छ र हामी यसको समाधान गर्न प्रतिवद्ध छौँ । यस समस्याको समाधान गर्ने क्रममा जस–जसलाई कानूनी दायरामा ल्याउन आवश्यक हुन्छ, ती सबैलाई ल्याइनेछ र कानूनबमोजिम कारबाही गरिनेछ । यही प्रतिवद्धता व्यक्त गर्दै म यहाँहरूलाई आश्वस्त पार्न चाहन्छु ।’

सहकारीको समस्या समाधान गर्नु सरकारको मुख्य प्राथमिकताको विषय भएको उल्लेख गर्दै मन्त्री रावलले यस कार्यमा कुनैपनि सम्झौता नगर्ने र दोषीहरूलाई कानूनी कारबाही गरी बचतकर्ताको हित संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले सहकारी क्षेत्रको शुद्धीकरणका लागि आवश्यक सबै कदम चाल्न सरकार दृढ रहेको समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?