आयोगलाई लेखकको पत्र– ‘म कसरी मानवअधिकार उल्लंघनकर्ता ? प्रमाण चाहियो’ [पत्रसहित]

लोकपथ
14
Shares

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले मानवअधिकार आयोगसँग जेनजी आन्दोलन आन्दोलन प्रतिवेदन माग गरेका छन् ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका सन्दर्भमा आफूलाई मानवअधिकार उल्लंघन गरेको भन्ने आयोगको प्रतिवेदनप्रति आपत्ति जनाउँदै निर्णय माग गरेका हुन् ।

उनले आफूले के कति कारणले मानवअधिकार उल्लंघन गरेको हो भन्ने चासो समेत राखेका छन् ।

‘म निवेदकले मानवअधिकार उल्लंघन गरको भनी आयोगले गरेको उपरोक्त निर्णयप्रति मेरो असहमति रहेको छ । के कस्तो आधार ग्रहण गरी मलाई मानवअधिकार उल्लंघनकर्ताको संज्ञा प्रान गरियो भन्ने कुराको समष्टिगत जानकारी प्राप्त गरी मानवअधिकारसँग सम्बन्धित सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरम समेतमा आफ्नो पक्ष प्रस्तुत गर्न र आफ्नो पक्ष सार्वजनिक गर्न साथै…..,’ लेखकले आयोगमा पठाएको पत्रमा भनिएको छ ।

जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगकी सदस्य लीली थापा नेतृत्वको समितिले लेखक लगायतका व्यक्तिहरुलाई मानवअधिकार उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेको थियो ।

लेखकले थापाको संयोजकत्वको छानबिन समितिको कार्यादेश, उक्त प्रतिवेदन र प्रतिवेदन संलग्न श्रव्यदृश्य एवं लिखित कागज लगायतका सम्पूर्ण विद्युतीय र लिखित प्रमाणहरु माग गरेका छन् ।

उक्त प्रतिवेदनमा आयोगले गरेको निर्णय, आयोगले सरकारलाई प्रषित गरेको सिफारिससहितको प्रतिवेदन समेत माग गरेका छन् ।

त्यसो त यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आयोगसँग जेनजी आन्दोलन प्रतिवेदन माग गरेका थिए । ओलीले निवेदन दिँदै ती प्रतिवेदनहरु उलपब्ध गराउन माग गरे पश्चात ओली क्याबिनेटमा गृहमन्त्री रहेका लेखकले प्रतिवेदन माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?