निर्भया काण्ड : अहिले सम्म के-के भयो र के थियो वास्तविकता ?

काठमाडौं । भारतको सर्वाेच्च अदालतले गत सोमवार निर्भया काण्डका दोषीहरुको फाँसी सजाय १५ दिनका लागि सारेको छ ।

गत सोमवार भारतको सर्वोच्च अदालतले निर्भया काण्डका चारै जना दोषीहरुलाई १५ दिन सम्म फाँसी दिन नमिल्ने फैसला सुनाएको हो ।

अदालतले फाँसीको सजाय अर्काे मिति नतोकेसम्मका लागि स्थगित गरेको छ । तर सन् २०१२ देखि निर्भया काण्डमा के-के भयो त ? यो बारेमा सबै जानकारी धेरैलाई  थाहा नहोला । आज हामी तपाईहरुलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।

सन् २०२०

३ मार्च : सन् २०२० मा सुप्रीम कोर्टले पवन गुप्ताको याचीका खारेज गरेको छ । पवनले राष्ट्रपतिसँग दया याचिका प्रस्तुत गरेका थिए ।

२९ फेब्रुअरी : फाँसी भन्दा तीन दिन अगाडि दोषी अक्षयले दया याचिका मागेका थिए ।

२८ फेब्रुअरी : पवन गुप्ताद्वारा सुप्रिम कोर्टमा क्युरेटिव याचिका दर्ता ।

२२ फेब्रुअरी : दोषी विनयको अर्जी पटियाला कोर्ट हाउसद्वारा खारेज । मानसिक रोगीको बयान ।

२० फेब्रुअरी : निर्भयाका दोषी विनय शर्माले जेलको ढोकामा ठोक्काएर टाउको फुटाएका थिए । वकिल र आमालाई नै चिन्न छोडेको बयान दिएका थिए ।

५ फेब्रुअरी : अक्षय ठाकुरको दया याचिका खारेज ।

१७ फेब्रुअरी सन् २०२० : तेश्रो पटक डेथ वारेन्ट जारी, विहान ६बजे फाँसी दिने निर्णय । दोषीका वकीलले भने अझैे हामीसँग कानूनी विकल्प बाँकि छ ।

१७ जनवरी सन् २०२० : दोश्रो डेथ वारेन्ट जारी, विहान ६ बजे फाँसी दिने फैसला, तर ३१ ज्नवरीमा कोर्टले फाँसी दिने निर्णय अनिश्चितकालका लागि टारेको थियो ।

१६ जनवरी : मनिष सिसोदियाले भनेका थिए दुई दिनका लागि दिल्ली पुलिसलाई निर्भयाका दोषीहरु दिनुस्, हामी फाँसी दिनेछौँ ।

७ जनवरी : पटियाला हाउस कोर्टले निर्भयाका दोषीहरुलाई २२ जनवरीमा फाँसी हुने डेथ वारेन्ट जारी गरेको थियो ।

सन् २०१९

२१ डिसेम्बर सन् २०१९ : दोषी अक्षय कुमारको दया याचिका दर्ता गर्नको लागि ७ दिनको नोटिस ।

१८ डिसेम्बर : सर्वाेच्च अदालतले अक्षय कुमारको पुनर्विचार याचिका खारेज ।

१७ डिसेम्बर : मुख्य न्यायधीश एसए बोबलेले यस मामिलाबाट हात झिकेका थिए ।

१५ डिसेम्बर : अन्तर्राष्ट्रिय सुटर वर्तिका सिंहले अमित शाहलाई रगतले लेखेकी थिइन् पत्र, लेखेकी थिइन् निर्भयाका दोषीलाई फाँसी दिनै पर्दछ ।

१४ डिसेम्बर : डिप्रेशन भएपछि ४ दोषीहरुको खानामा कमी गरिएको थियो ।

११ डिसेम्बर : तिहाड जेलमा फाँसीको प्राक्टिस ।

१० डिसेम्बर : दोषी विनय शर्मालाई मण्डलीबाट तिहाडमा सारिएको थियो ।

सन् २०१८

१३ डिसेम्बर : भारतको सर्वाेच्च अदालतले दोषीहरुलाई तत्कालै फाँसी दिने याचिका खारेज गरेको थियो ।

९ जुलाई : सर्वाेच्च अदालतले फाँसीको सजाय यथावत राखेको थियो ।

५ मे : आरोपीहरुको कोर्टमा गुहार, फाँसीलाई जन्मकैदमा बदल्न माग ।

४ मे : निर्भयाका दोषीहरुलाई पुनर्विचार याचिकाको फैसला सुरक्षित ।

सन् २०१४

१४ जुलाई : सर्वाेच्च अदालतले चारै आरोपीहरुलाई फाँसीको सुनुवाई सबै सुनुवाई नहुन्जेल रोक ।

२ जुन : आरोपीहरुले हाईकोर्टको फैसलालाई चुनौति दिँदै सुप्रिम कोर्टमा याचिका दायर गरे ।

१३ मार्च : दिल्ली हाईकोर्टले चारै आरोपीहरुको फाँसीको सजाय यथावत राख्ने फैसला सुनायो ।

सन् २०१३

७ अक्टुबर : निचली अदालतबाट सजाय सुनाइएका चारै दोषीहरु मध्ये विनय शर्मा र अक्षय ठाकुरले सजाय बिरुद्ध दिल्ली हाईकोर्टमा अपिल गरे ।

१० अक्टुबर : चार आरोपी अक्षय ठाकुर, मुकेश, पवन र विनयलाई दोषी करार

३१ अगस्ट : नाबालिगको हत्या आरोपमा दोषीहरुलाई तीन वर्षको सजाय सुनाईयो ।

२५ अगस्ट : नाबालिग हत्याको फैसलाको तारिख बढाइयो ।

११ जुलाई : ग्यांगरेप आरोपीहरुमध्ये एक राम सिंहले तिहाड जेलमा आत्महत्या गरेका थिए ।

२ फेब्रुअरी : फास्ट ट्र्याक कोर्टले ५ जनाबिरुद्ध हत्या, ग्यांगरेप र चोरीको मामिलामा आरोप तय ।

२८ जनवरी : आरोपीहरुमध्ये एकलाई जुवेनाइल जस्टिस बोर्डले नाबालग घोषित ।

३ जनवरी : दिल्ली पुलिसले पाँच आरोपीहरु बिरुद्ध हत्या, ग्यांगरेप अप्राकृत यौनाचार, अपहरण र सबुत मेटाएको आरोप पत्र दर्ता ।

सन् २०१२

२९ डिसेम्बर : पीडित निर्भयाको सिंगापूर अस्पतालमा उपचारका क्रममा मृत्यु ।

२७ डिसेम्बर : ग्यांगरेप पीडितको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि सिंगापूर लगिएको थियो ।

२४ डिसेम्बर : भारत भरि नै बिरोध प्रदर्शन । देशले तत्काल कानून बनाउन एक समिति गठन गरेको थियो ।

२३ डिसेम्बर : दिल्ली हाइकोर्टले चाँडै सुनुवाईका लागि स्पेशल फास्ट ट्र्याक गठन गरेको थियो ।

२२ डिसेम्बर : पीडितले एसडीएमका अगाडि अस्पतालमा आफ्नो बयान दर्ता गराएकी थिइन् ।

२१ डिसेम्बर : ग्यांगरेपका पाँचौ मध्ये एक आरोपीले आफू नाबालिग रहेको बयान दिएका थिए । उनको उमेर साँढे १७ वर्षका थिए । उनलाई आनन्द विहार बस अड्डाबाट गिरफ्तार गरेको थियो । त्यसै दिन एक अन्य आरापी अक्षय कुमार ठाकुरलाई औरंगबाद बिहारबाट पक्राउ ।

१८ डिसेम्बर : चार आरोपीहरुलाई गिरफ्तार गरेपछि राजधानी दिल्लीमा बिरोध प्रदर्शन शुरु भएको थियो ।

१७ डिसेम्बर : पुलिसले मुख्य आरोपी एवम बस चालक राम सिंह सहित चार जनालाई समातेको थियो ।

१६डिसेम्बर : वसन्त विहारमा प्यारा मेडिकलकी छात्राको साथमा एक नाबालिग समेत ६जनाले गुडिरहेको बसमा सामूहिक बलात्कार गरेका थिए । साथै बलात्कार पछि कुटपिट र बसले किचेर मार्ने प्रयास।

एजेन्सीको सहयोगमा

यो भन्दा अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ?

निर्भया बलात्कारीलाई फाँसी अपडेटः १५ दिन सर्याे

 निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने

निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीलाई छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्‍यो

निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने

के भोलि निर्भयाका ४ दोषीहरुलाई फाँसी हुँदैछ ?

निर्भयाका दोषीको फाँसी स्थगित, अदालतको सिस्टममा आमा आशादेवीले पोखिन् आक्रोश !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?