निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने

काठमाडौं । निर्भयाका दोषी विनय शर्माले फासीबाट बच्ने सबै कानूनी विकल्प सकिएपछि जेलमै टाउको ठोकेर फुटाएका छन् । उनका वकील एपी सिंहले बिहिवार पटियाला हाउस कोर्टमा अर्जी दायर गरेका छन् ।

त्यसका विनयले आफैलाई मानसिक रोगी तथा सिजोफ्रेनियाबाट पीडित रहेको बताएका छन् । वकीलले कोर्टमा वुधवार जेलमा मिटिंगको लागि जाँदा उनले आफ्नी आमा र वकीललाई नै नचिनेको बताएका छन् ।

वकीलले विनय रोगी भएको र उनको मानसिक स्थिति ठीक नभएको बताएका छन् । विनयले कोर्टमा उनको शिरमा गम्भीर चोट लागेको र दाहिने हात पनि फ्याक्चर भएको बताएका छन् ।

उनलाई त्यसपछि उच्च स्तरिय चिकित्सक जाँचका लागि आईएचबीएएस हस्पिटलमा भर्ना गरिएको छ । वकिलले उनको परिक्षणका लागि भन्दै जेल प्रशासनलाई एक निर्देश जारी गर्ने माग गरेका थिए ।

अस्पतालमा भर्ना गरेपछि कोर्टले अधिकारीहरुसँग रिपोर्ट मागेको छ । उनीहरुको अर्काे सुनुवाई भने २२ फेब्रुअरी हुँदैछ ।

विनयले तिहाडको जेलमा ढोकामा टाउको ठोकेर आफ्नै टाउको फुटाएका छन् । उनलाई प्रहरीले गम्भीर अवस्थामा बेहोस भएको बेला देखेका थिए ।

भारतीय सञ्चारमाध्यामका अनुसार यो भन्दा अगाडि पनि उनले आत्महत्या गर्ने प्रयास गरिसकेका थिए ।

विनयको दया याचिका खारेज भएपछि पटियाला हाउस कोर्टले १७ फब्रुअरीमा चारै दोषीहरुलाई तेश्रो डेथ वारेन्ट जारी गरेको थियो । उनीहरु चार दोषी विनय, मुकेश, अक्षय र पवनलाई कोर्टले ३ मार्चमा फाँसी दिने सजाय सुनाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?