निर्भयाका दोषीको फाँसी स्थगित, अदालतको सिस्टममा आमा आशादेवीले पोखिन् आक्रोश !

काठमाडौं । पटियाला हाउस कोर्टले निर्भयाका ४ दोषीहरुलाई अर्काे आदेश नआउन्जेलसम्म फाँसी नदिन आदेश दिएको छ । पटियाला हाउस कोर्टले चारै दोषीहरुलाई तेश्रो पटक डेथ वारेन्ट जारी गरेको थियो ।

तेश्रो वारेन्टका अनुसार ३ मार्च विहान ६ बजे फाँसी दिइने भनिएको थियो । तर अदालतको आदेश पछि फाँसी रोकिएको छ । अदालतको फैसला पछि निर्भयाकी आमा आशादेवीले अदालतले आखिर दोषीहरुलाई आफैले दिएको आदेश फाँसी दिन किन सकिरहेको छैन भनेर प्रश्न उठाएकी छन् ।

फाँसी बारम्बार रोक्नु भनेको अदालतले आफ्नै सिस्टम पालना गर्न नसक्नु भएको उनले बताएकी छन् । साथै उनले अदालतको सबै सिस्टम नै अपराधीलाई संरक्षण दिने खालको भएको आरोप लगाएकी छन् ।

दिल्लीको अदालतले दोषी पवन कुमार गुप्ताको याचिकाको सुनुवाई आईनसकेको भन्दै फाँसी नदिएको बताएको छ । भारतको सर्वाेच्च अदालतले निर्भयाका दोषीहरुलाई मेडिकल रिसर्चका लागि अंगदान दिने सम्बन्धी याचिका पनि खारेज गरेको भारतीय सञ्चारमाध्यम वेबदुनियाले जनाएको छ ।

एजेन्सीको सहयोगमा

यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ?

 निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने

निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीलाई छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्‍यो

निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने

के भोलि निर्भयाका ४ दोषीहरुलाई फाँसी हुँदैछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?