‘जाडो सुरु भयो है’ भन्दै अनलाईनमा राखिएका सामान अर्डर गर्नुपूर्व जानौँ १० कुरा !

काठमाडौं । जाडो सुरु भइसकेको छ । हिजोआज व्यस्त जीवनशैलीका कारण पनि मानिसहरुले जाडोयाममा आफूलाई चाहिने सामान अनलाईनबाट सपिङ गर्ने गर्दछन् । तपाईले पनि याद गर्नुभएको होला  सामाजिक सञ्जालमा ‘लौ है अब जाडो सुरु भयो । हामीले सबैभन्दा राम्रा सामान सस्तोमा दिने बम्पर अफर ल्याएका छौँ ‘ भन्दै विज्ञापनहरु आइरहेका छन् । अनि त्यो सामान किन्ने सोँच बनाइरहनुभएको होला । अथवा फूर्सदमा मगाउला भन्दै मोबाईलमा स्क्रिन सट गरेर कुनै सामान राखिरहनुभएको होला । तर केहि कुरा चाहिँ पक्कै ध्यान दिनुपर्छ । किनकी अब समय बदलिएको छ । इन्टरनेटको पहुँच भएमा जुनसुकै काम पनि एकै ठाउँमा बसेर गर्न सम्भव छ । किनमेल देखि बैंकिङ कारोबार, पैसा आदनप्रदान, रिचार्ज लगायत हरेक सानाठूला कामलाई इन्टरनेटले सजिलो बनाइदिएको छ । इन्टरनेटका यही असङ्ख्य उपयोगिताहरुमध्ये ‘अनलाइन सपिङ’ पनि एक हो । पछिल्लो समय नेपाली बजारमा ‘अनलाइन सपिङ’ को ट्रेन्ड ह्वात्तै बढेजस्तो देखिन्छ । दुई प्रमुख कारण स् व्यस्तता र सौखिन जीवनशैली । आजकल उपभोक्तालाई दोकान चहार्दै सामान किन्ने फुर्सद हुँदैन । फुर्सद भएपनि अनलाइन सपिङ विकल्पमा हुँदाहुँदै आफ्नो समय र उर्जा खर्च गर्नु झन्झटिलो लाग्छ । स्वभाविक हो ।

घरमै बसेर आफ्नो रोजाइको सामान खत्रक्क आफ्नो हातमा आउँदा कसलाई पो मज्जा नलाग्ला र ? तर, सबै सामान आफूले रोजे जस्तो, खोजे जस्तो र सोचे जस्तो हुन्छन् होला रु अनलाइन सपिङले विश्वसनीयता कायम गर्न सकिरहेको छ रु सकिरहेको छ भने किन दिनप्रतिदिन अनलाइन सपिङ गर्दा ठगिएको घटनाहरुका बारेमा सुनिन्छ रु सकिरहेको छैन भने, ठगीका बावजुत पनि किन अनलाइन सपिङको क्रेज बढिरहेको छ रु यस्ता अनगिन्ती प्रश्नहरुको खातले उपभोक्तालाई पिरोलिरहेको छ ।

यद्यपी, चाडवाडले च्याप्पै समातेको बेला अनलाइन सपिङ मार्फत् किनमेल गर्नेको सङ्ख्या घटेको छैन । यता ठगिनेको सङ्ख्या पनि उस्तै । किनमेल गर्ने र ठगिने दुवै पक्ष समानांतर रुपमा चलिरहेका छन् ।

कसरी ठगिन्छन् ग्राहक ?
पहिलो कुरा त, अनलाइन सपिङमार्फत् खरिद गर्ने प्राय सामानहरु आफैमा गुणस्तरहीन हुन्छन् । तर कुनै अवस्थामा गुणस्तरीय ब्रान्डकै सामान भएपनि कमसल सामाग्रीहरु प्रयोग गरेर उपभोक्ताको आँखामा छारो हाल्ने काम गरिन्छ । त्यसैगरी, उच्च ब्रान्डको ‘डुप्लिकेट’ प्रोडक्ट निर्माण गरेर कम दाममा बेचिन्छ । आफ्नो रोजाइको ब्रान्डको सामान कम दाममा पाउँदा उपभोक्ता पनि मख्ख पर्दै किन्छन् तर, उक्त सामान प्रयोग गरेपछि मात्र वास्तविकता बाहिर आउँछ । उपभोक्ताहरु विशेष गरेर कपडा, जुत्ता, ब्यागहरुमा ठगिइन्छन् । साइटमा हेर्दा राम्रो देखिने सामान ‘रियल’मा वेग्लै रङ्ग, बनावट, गुणस्तरको हुन सक्छन् ।

अनलाइन सपिङ गर्न नजानेको पो हो कि ? 
अनलाइन सपिङ कसरी गर्ने भनेर उचित जानकारी नभएकाले पनि ठगिने सम्भावना निम्त्याएको हुनसक्छ । इन्टरनेट जति उपयागी छ उति नै घातक पनि । त्यसैले आफूलाई ठग्न, लुट्न च्याउसरि जुर्मुराएका अनलाइन सपिङ स्टोरको पहिचान बेलैमा गर्न जरुरी छ । अनलाइन सपिङ गर्नुअघि ध्यान दिनुपर्ने केही टिप्सहरु यस प्रकार छन् :

– आफ्नो कम्प्युटरलाई एन्टी भाइरसबाट सुरक्षित बनाउने । पासवर्ड कसैले पत्ता लगाउन नसक्ने किसिमको राख्ने ।

– आफूले सामान खरिद गर्न लागेको स्टोर कतिको सुरक्षित छ भनेर अगाडि नै सर्तक हुने । शंकास्पद साइटहरुबाट टाढै रहने ।

– साइटको विश्वसनीयता थाहा पाउन ग्राहक र मिडियाको समीक्षाहरू जाँच गर्ने । नाम चलेका, धेरै वर्षदेखि सेवा पु-याउँदै आएका साइटहरुको मात्र प्रयोग गर्ने ।

– सामान किन्नु अघि भुक्तानी गर्ने, रद्द गर्ने, फिर्ता गर्ने र रिफन्ड गर्ने नियमहरु राम्रोसँग बुझ्ने ।

– सामानको गुणस्तर जाँच गर्न कम्पनीको लोगो, नामको स्पेलिङ, प्याकेजिङ, मूल्य आदि विषयमा ध्यान पु¥याउने ।

– साइटको विश्वसनीयताका बारेमा ढुक्क भएपछि मात्र वित्तीय लेनदेनको कारोवार अघि बढाउने ।

– पहिलो पटक अनलाइन सपिङ गर्दै हो भने सकेसम्म डेबिट, क्रेडिट कार्डको प्रयोग नगर्ने । नगदमार्फत् भुक्तानी गर्ने ।

– अनलाइन किनमेलमा प्रयोग गरिने डेबिट कार्ड, क्रेडिट कार्ड, नेट बैंकिङको बैंक एकाउन्ट समय–समयमा जाँच गर्ने ।

– आफूले पैसा तिरिसकेपछि त्यसको रसिद, किनेको सामानको बिल लगायत विविध सामाग्री प्रमाणस्वरुप सुरक्षित राख्ने ।

– स्प्यामर र फिशरले विभिन्न खराब सफ्टवेयरमार्फत् व्यक्तिगत जानकारीमा हस्तक्षेप गर्ने भएकाले अनलाइन किनमेलको प्रक्रिया पूरा गरिसकेपछि सबै वेब ब्राउजर कुकीजहरू क्लियर गर्ने र पिसी बन्द गर्ने ।

सबै साइट खराब हुन्छन् भन्ने होइन । कतिले वर्षौंदेखि आफ्ना ग्राहकलाई उचित सेवा प्रदान गरेर विश्वास जित्न पनि सफल छन् । देशभरि मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्मै आफ्नो सेवाहरु प्रदान गर्दै आएको तथ्यले पनि यस्ता स्टोरहरुले निकै राम्रो आम्दानी गरिरहेको कुरा प्रष्ट्याउँछ ।  दराज डट कम, हाम्रो बजार डट कम, नेप बे डट कम मुञ्चा डट कम, सस्तो डिल डट कम, भकारी डट कम, फुच्चे डट कम, भाटभटेनी अनलाइन डट कम, सोचेको डट कम आदिजस्ता साइटहरु पनि नेपालका केही नाम चलेका साइटहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?