प्रतिनिधि सभामा कांग्रेसको नाराबाजी, बैठक अवरोध

लोकपथ
63
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिको माग गर्दै आज पनि  प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका सांसदको नाराबाजीका कारण सभामुख देवराज घिमिरेले बैठक सहज बनाउन सकेका छैनन् । 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आएको छ ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेससँग सहमति गर्नेगरी अपरान्ह ४ बजेका लागि बोलाइएको थियो ।

यो बीचमा समय समयमा सत्तापक्ष र प्रतिपक्षले छलफल गरे पनि टुंगोमा नपुगेको हो । ४ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?